Kathmandu Press

शोक प्रस्ताव पारित गरेलगत्तै बैठक स्थगित, अर्को बैठक चैत ३ गते

काठमाडौं, फागुन २६ : सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न समयमा निधनमा भएका संसदहको शोक प्रस्ताव पारित गरेसँगै बुधबारको बैठक स्थगित गरेका छन् ।आगामी बैठक चैत...
शोक प्रस्ताव पारित गरेलगत्तै बैठक स्थगित, अर्को बैठक चैत ३ गते

काठमाडौं, फागुन २६ : सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न समयमा निधनमा भएका संसदहको शोक प्रस्ताव पारित गरेसँगै बुधबारको बैठक स्थगित गरेका छन् ।

आगामी बैठक चैत ३ गते मंगलबारका लागि बोलाइएको छ।

आजको बैठक दिउँसो १ बजे बस्ने भनिएको बैठक १ बजेर २३ मिनेटमा सुरु भएको हो।

बैठकमा विभिन्न समयमा निधन भएका सांसदहरू सानु शिवा, सूर्यबहादुर केसी, दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बु, भिमप्रसाद गौतम, कमानसिं लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा र शंकरप्रसाद उप्रेतीप्रतिको शोक प्रस्ताव पारित गरिएको थियो।

प्रकाशित मिति: १३:३६ बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्