तीन केजी गाँजासहित पक्राउ
काठमाडौं, फागुन २६ : वीरगन्ज प्रहरीले तीन केजी गाँजासहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१८ बस्ने १९ वर्षीय प्रिन्स पटेल रहेको पर्सा प्रहरी...
काठमाडौं, फागुन २६ : वीरगन्ज प्रहरीले तीन केजी गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१८ बस्ने १९ वर्षीय प्रिन्स पटेल रहेको पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाका अधारमा वीरगगन्ज–११ स्थित सडकमा ना४६प ५३२९ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा पटेलले बोकेको ब्यागमा तीन केजी लागु औषध फेला परेको जनाइएको छ।
मोटरसाइकल र गाँजासहित पटेललाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा थप अनुसन्धान अगाडि बढाएको जनाइएकाे छ।
प्रकाशित मिति: १३:११ बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












