हत्या आरोपमा एमाले नेता पक्राउ
विराटनगर, फागुन २६ : एमाले मोरङका नेता युवराज बास्कोटा हत्या आरोपमा पक्राउ परेका छन् ।मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले...
विराटनगर, फागुन २६ : एमाले मोरङका नेता युवराज बास्कोटा हत्या आरोपमा पक्राउ परेका छन् ।
मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले एमालेका नेता बास्कोटालाई बुधबार पक्राउ गरेको हो।
गएको पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित बास्कोटाको घरमा भण्डारी मृत फेला परेका थिए। त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तव्य ज्यान’ मुद्दामा बास्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए।
किटानी जाहेरी परेपछि मोरङ अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि बाँस्कोटालाई पथरीदेखि पक्राउ गरिएको हो।
बास्कोटालाई म्याद थप गर्न मोरङ अदालतमा लैजाने तयारी गरेको प्रहरीले जनाएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपा विभाजन भएपछि बाँस्कोटालाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो।











-1790853075.png)