अवैध रकमसहित हुन्डी कारोबारी पक्राउ
काठमाडौं, फागुन २६ : प्रहरीले वीरगन्जमा हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बारा भतौडा घर भई कलैया-२३ मा बस्दै आएका...
काठमाडौं, फागुन २६ : प्रहरीले वीरगन्जमा हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा भतौडा घर भई कलैया-२३ मा बस्दै आएका ३८ वर्षीय जयराम राउत कुर्मी रहेको पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका-६ स्थित जय मा अम्बे ट्रेडर्सबाट स्रोत नखुल्ने ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँ र ७ हजार ४ सय भारतीय रुपैयाँ तथा बब्लु राजका नाममा जारी २ लाख रुपैयाँ र रामप्रसाद पटेलका नाममा जारी भएको ५ लाख ६० हजार रुपैयाँको चेकहसहित उनलाई पक्राउ गरिएको हो।
उनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्वको कसुरमा अनुसन्धान अगाडि बढाएको जनाइएको छ।
प्रकाशित मिति: १२:५८ बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












