राप्रपाद्वारा प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनयन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीे (राप्रपा)ले पाँच प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीे (राप्रपा)ले पाँच प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ ।
पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले पार्टीको विधानअनुसार पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका हुन् ।
प्रदेश १ को अध्यक्षमा झापाका रामकुमार थापा र उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती, प्रदेश २ को अध्यक्षमा सर्लाहीका रामचन्द्र राय र उपाध्यक्षमा सिराहाका महेशलाल महासेठ मनोनयन भएका छन् ।
यस्तै गण्डकी प्रदेश अध्यक्षमा लमजुङका हेमजंग गुरुङ र उपाध्यक्षमा गोरखाका महेश्वर राक्का, लुम्बिनीको अध्यक्षमा रुपन्देहीका प्रदीपकुमार उदय र उपाध्यक्षमा रुपन्देहीकै कैलाश गुरुङ, कर्णालीको अध्यक्षमा कालीकोटका दीपबहादुर शाही र उपाध्यक्षमा सुर्खेतका जनकसिंह ठकुरी मनोनयन भएका छन् ।
प्रकाशित मिति: ११:४० बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)