Kathmandu Press

पेरिसडाडाँमा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, फागुन २६ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको छ। बैठकमा वर्तमान राजनीतिक घटना क्रमका...
पेरिसडाडाँमा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, फागुन २६ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको छ। 

बैठकमा वर्तमान राजनीतिक घटना क्रमका विषयमा छलफल हुने बताइएको छ। बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ। सो बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइएको छ।

गत आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्रबीच २ वर्षअघि भएको एकता प्रक्रिया खारेज गरेपछि माओवादी केन्द्र पुनः अस्तित्वमा आएको हो।

नयाँ सत्ता समिकरणककै लागि माओवादी केन्द्रका अध्यक्षले मंगलबार मात्र कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईसँग पनि छलफल गरेका थिए।

प्रकाशित मिति: १०:४० बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्