एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
काठमाडौं, फागुन २६ : राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा हुने माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ ।बोर्डले बुधबार परीक्षा तालिका...
काठमाडौं, फागुन २६ : राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा हुने माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो । आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
पहिलो दिन जेठ १३ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । त्यस्तै बोर्डले कक्षा १२ को परीक्षा जेठ २६ देखि असार ४ सम्म लिने निर्णय गरेको छ ।
कक्षा १२ को परीक्षा पनि बिहान ८ बजेदेखि ११ बजेसम्म नै सञ्चालन हुने बोर्डले जनाएको छ ।
प्रकाशित मिति: ०९:०६ बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)