सिरियाका राष्ट्रपति दम्पतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन २६ : सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमितहरुलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो। ‘सम्भावित केही लक्षणहरु देखिएपछि राष्ट्रपति अल असद र उहाँकी श्रीमती अस्माको कोरोना परीक्षण गरिएको हो, त्यसबाट उहाँहरूमा त्यो भाइरस रहेको देखियो,’ राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ।
उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ। सिरियामा हालसम्म कोरोनाभाइसबाट अहिलेसम्म १५ हजार ९८१ जना सङ्क्रमित भएका छन भने तीमध्ये एक हजार ६३ जनाको मृत्यु भईसकेको छ ।
प्रकाशित मिति: ०८:०५ बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












