Kathmandu Press

च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्ट्स 

च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्ट्स 

काठमाडौं, फागुन २६ : इटालियन च्याम्पियन युभेन्ट्स जारी सिजनको यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ ।

मंगलबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा पोर्टोलाई ३ २ गोल अन्तरले हराए पनि युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको हो । त्यसअघि पहिलो लेग पोर्टोले २–१ ले जितेको थियो ।

समग्रमा ४–४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि युभेन्ट्सको अगाडीको यात्रा तय गर्न सकेन। पोर्टोको जितमा सर्जियो अलिभिएरा २ गोल गरे।  

युभेन्ट्सका फेडेरिको किएजाले २ तथा एड्रिएन राबिअटले १ गोल गरे। त्यसपछि थप गोल फर्काउन नसक्दा युभेन्ट्स प्रतियोगिताबाट बाहिरिनु परेको हो।

यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको दोस्रो लेगमा स्पेनिस क्लब सेभिल्लासँग २–२ गोलको बराबरी खेलेपनि समग्रमा ५–४ को नतिजा निकाल्दै डर्टमण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो। 

प्रकाशित मिति: ०७:०५ बजे, बुधबार, फागुन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्