Kathmandu Press

भारतमा विपक्षीको अवरोधपछि दुवै सदनको बैठक एक दिन बोलाइयो

काठमाडौं, फागुन २६ : भारतमा संसदको बजेट सत्रको दोस्रो सत्रमा तेलको मूल्यलाई लिएर विवाद चर्किएपछि दुबै सदनको गतिविधि अवरूद्ध बनेको छ ।तेलको मूल्य...
भारतमा विपक्षीको अवरोधपछि दुवै सदनको बैठक एक दिन बोलाइयो

काठमाडौं, फागुन २६ : भारतमा संसदको बजेट सत्रको दोस्रो सत्रमा तेलको मूल्यलाई लिएर विवाद चर्किएपछि दुबै सदनको गतिविधि अवरूद्ध बनेको छ ।

तेलको मूल्य वृद्धिलाई लिएर दोस्रो दिन पनि विपक्षी पार्टीले सदन अवरुद्ध गरेपछि लोकसभा तथा राज्यसभाको बैठक बुधबारसम्मको लागि स्थगित गरिएको हो । दिउँसो १२ बजे लोकसभाको पूर्व निर्धारित कारबाही सुरु हुने बित्तिकै विपक्षी सांसदहरुले सदन अवरुद्ध गरेका थिए । काँग्रेसका केही सांसदहरूले तेलको मूल्य फिर्ता लिनुपर्ने माग गरेका छन् ।

Hardik ivf

त्यही दिन कांग्रेसका नेता अधीर रञ्जन चौधरीले लोकसभा टेलिभिजनमा विपक्षीले भनेको कुरा नदेखाएको आरोप लगाएका थिए । उनले विक्षपीको कुरा लोकसभाको टेलिभिजनमा नआएको भन्दै आश्चर्य व्यक्त गरेका थिए । यता, लोकसभाका अध्यक्ष ओम बिड्लाले उक्त टेलिभिजनमा विपक्षीले देशलाई हंगामा देखाउन खोजेको हो भनी प्रतिप्रश्न गरेका छन्।

उक्त जवाफमा चौधरीले उक्त प्रदर्शन संसदीय कारबाहीको हिस्सा भएकाले देखाउनु पर्ने जिकिर गरेका छन्। राज्यको विधानसभा चुनावका कारण संसदको सत्रलाई छोट्याउन सक्ने भारतीय सञ्चार माध्यमहरुद्वारा प्रशारित समाचारमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: ०६:४७ बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्