Kathmandu Press

एकताको बाटो खुला राख्न तिक्तता त्याग्नुपर्छ: गौतम

काठमाडौं, फागुन २५ : नेकपा (एमाले) उपाध्यष वामदेव गौतमले एमाले र माओवादी केन्द्रबीच एकताको बाटो खुला राख्न तिक्तता त्याग्नुपर्ने बताएका छन्।उपाध्यक्ष गौतमले तत्कालका...
एकताको बाटो खुला राख्न तिक्तता त्याग्नुपर्छ: गौतम

काठमाडौं, फागुन २५ : नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले एमाले र माओवादी केन्द्रबीच एकताको बाटो खुला राख्न तिक्तता त्याग्नुपर्ने बताएका छन्।

उपाध्यक्ष गौतमले तत्कालका लागि एकता अभियान सक्रियताका साथ अगाडि बढ्ने बताए। विगतका तिक्तता बिर्सेर अघि बढ्नुपर्नेमा उनको भनाइ थियो। ‘विगतलाई धेरै कोट्याउनु राम्रो होइन। तर, एकता गर्दाको विधिविधान, प्रक्रियागत त्रुटि, वेलाबखत नेताहरूबाट निस्केका वचन र एकता गर्ने अध्यक्षद्वय स्वयं नै वादी–प्रतिवादीजस्तो भएकाले प्रयास गर्दागर्दै एकता जोगाउन सकिएन। यसबाट शिक्षा लिएर एकताको बाटो खुला राख्न तिक्तता त्याग्नुपर्छ,’ गौतमले भने।

उनले सबै निर्णय दुई अध्यक्षको सहमतिमा मात्रै हुने विधानका कारण समस्या भएको बताए। विचार र सिद्धान्तलाई थाती राखेर एकता गरिएका कारण पनि समस्या भएको उनको जिकिर थियो।

उपाध्यक्ष गौतमले एमाले र माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काउने सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य भएको बताए। आफ्नै निवास भैँसेपाटीमा पत्रकारहरूसँग कुरा गर्दै गौतमले निर्वाचन आयोगले मिलाउन नसकेको विवाद सर्वोच्चले सल्टाएको बताए।

प्रकाशित मिति: २१:०७ बजे, मंगलबार, फागुन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्