Kathmandu Press

सरकार गठनका विषयमा देउवा र प्रचण्डबीच छलफल

सरकार गठनका विषयमा देउवा र प्रचण्डबीच छलफल
फाइल फाेटाे

काठमाडौं, फागुन २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ।

सभापति देउवा निवास बूढानीलकण्ठमा साँझ भएको भेटमा उनीहरुबीच संसद्को बैठक सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल भएको जनाएको छ। माओवादी केन्द्रको आजको स्थायी कमिटी बैठकले ती विषयमा प्रमुख प्रतिपक्षीसहित अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा पूर्वावस्थामा ब्यूँतिने फैसला गरेको थियो।

सोही फैसलाका आधारमा निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहने निर्णय गरिसकेको छ।

सर्वोच्चको फैसलापछि विकसित राजनीतिक घटनाक्रमबारे देउवा र प्रचण्डबीच छलफल भएको जनाएको छ। छलफलमा प्रचण्डले सरकार गठनका लागि कांग्रेसले अग्रसर हुनुपर्ने बताएका थिए।

दुवै नेताबीच सरकार गठन लगायतका विषयमा सकारात्मक छलफल भएको जनाएको छ।

प्रकाशित मिति: २०:२९ बजे, मंगलबार, फागुन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्