Kathmandu Press

संसद् बैठकको यस्तो छ बुधबारको सम्भावित कार्यसूची

संसद् बैठकको यस्तो छ बुधबारको सम्भावित कार्यसूची

काठमाडौं, फागुन २५ : संसद् सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

बुधबार दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। जसका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।

संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमका अनुसार बैठकमा प्रतिनिधिसभाका वर्तमान र पूर्व सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७’ ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ पेश गर्ने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७’ ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७’ पेश गर्ने सम्भावित कार्यसूची छ।

आइतबारको बैठकमै यो कार्यसूची रहेको थियो। तर, कांग्रेस र जसपाका सांसदले विरोध जनाएपछि बैठक स्थगित भएको थियो।

 

प्रकाशित मिति: २०:१७ बजे, मंगलबार, फागुन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्