Kathmandu Press

भारतमा एक करोड १२ लाख कोरोना संक्रमित

काठमाडौं, फागुन २५ : भारतमा कोरोना सक्रमितको सङ्ख्या एक करोड १२ लाख ४४ हजार नाघेको छ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत...
भारतमा एक करोड १२ लाख कोरोना संक्रमित

काठमाडौं, फागुन २५ : भारतमा कोरोना सक्रमितको सङ्ख्या एक करोड १२ लाख ४४ हजार नाघेको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा १५ हजार तीन सय ८८ नयाँ संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख ८७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

यस्तै गत २४ घण्टामा ७७ जनाको संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ९३० पुगेको छ। कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या एक करोड आठ लाख ९९ हजार नाघेको जनाएको छ।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ। अहिलेसम्म दुई करोड ३० लाख व्यक्तिले खोप लगाईसकेका छन्।

प्रकाशित मिति: १९:४० बजे, मंगलबार, फागुन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्