Kathmandu Press

ट्युनिसियामा डुंगा पल्टिदाँ १४ आप्रबासीको मृत्यु,

काठमाडौं, फागुन २५ : ट्युनिसियाको सामुद्रिक क्षेत्रमा डुङ्गा पल्टिदाँ १४ आप्रबासीको मृत्यु भएको छ। ट्यूनिसियाली राष्ट्रिय सुरक्षा गार्डका अनुसार अत्यधिक भार बोकेका कारण...
ट्युनिसियामा डुंगा पल्टिदाँ १४ आप्रबासीको मृत्यु,
Hardik ivf

काठमाडौं, फागुन २५ : ट्युनिसियाको सामुद्रिक क्षेत्रमा डुङ्गा पल्टिदाँ १४ आप्रबासीको मृत्यु भएको छ। ट्यूनिसियाली राष्ट्रिय सुरक्षा गार्डका अनुसार अत्यधिक भार बोकेका कारण सँतुलन गुमाई डुङ्गा समुन्द्रमा डुबेको हो।

दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने एक सय ३९ जनाको सकुशल उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीका अनुसार डुंगामा सवार सबै अप्रवासि कामदार हुन्।

सोमबार राति अफ्रिकी साहारा क्षेत्रबाट छुटेको डुङ्गामा गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा यूरोप छिर्न हिँडेका अफ्रिकी आप्रबासी शरणार्थीहरू थिए।

प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, फागुन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्