Kathmandu Press

रेशम चौधरीको रिहाइका लागि मात्रै छलफल भएको हो : कर्ण

काठमाडौं, फागुन २५ : जनता समाजवादी पार्टीको नेता लक्ष्मणलाल कर्णले सांसद रेशम चौधरीको रिहाइको विषयमात्रै एमाले नेताहरुसँग कुराकानी भएको बताएका छन्।सरकारसँग वार्ता गर्न...
रेशम चौधरीको रिहाइका लागि मात्रै छलफल भएको हो : कर्ण

काठमाडौं, फागुन २५ : जनता समाजवादी पार्टीको नेता लक्ष्मणलाल कर्णले सांसद रेशम चौधरीको रिहाइको विषयमात्रै एमाले नेताहरुसँग कुराकानी भएको बताएका छन्।

सरकारसँग वार्ता गर्न कर्ण लगायत जसपा सांसद बालुवाटार पुगेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। यसलाई सत्ता साझेदारीका विषयमा हेरिएको थियो।

तर, सांसद कर्णले सत्ता साझेदारीका विषयमा नभएर सांसद चौधरीको रिहाइका लागि छलफल भएको बताएका छन्। उनले भने, ;हामीले सत्ता समिकरणबारे कुनै छलफल गरेका छैनौं। सांसद रेशम चौधरीको रिहाइका सम्बन्धमा मात्रै वार्ता गरेका हौं।'

उनले सांसद चौधरीको रिहाइका विषयमा सरकारका तर्फबाट सकारात्मक जबाफ आएको बताए। 'हामीले उहाँहरूका कुरा सुन्यौं। हाम्रा कुरा भन्यौं। सांसद रिहाइबारे उहाँहरूको जवाफ सकारात्मक छ,' उनले भने।

सांसद चौधरी टीकापुर घटनामा जेलमा छन्। यसलाई राजनीतिक मुद्दाका रुपमा लिएर रिहाइ गर्नुपर्ने जसपाका नेताहरुको भनाइ छ।

यस अघि पनि प्रधानमन्त्री ओलीले चौधरीलाई रिहाइ गर्ने र मधेशका माग सम्बोधन हुने गरि संविधान संशोधन गर्ने आश्वासन दिएका थिए।

प्रकाशित मिति: १९:२६ बजे, मंगलबार, फागुन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्