Kathmandu Press

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध कांग्रेस, माओवादी र जसपाको विरोध दर्ता

काठमाडौं, फागुन २५ : प्रतिनिधिसभामा टेबुल भएको संवैधानिक परिषद् (कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशविरुद्ध कांग्रेस, माओवादी...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध कांग्रेस, माओवादी र जसपाको विरोध दर्ता

काठमाडौं, फागुन २५ : प्रतिनिधिसभामा टेबुल भएको संवैधानिक परिषद् (कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विरोधको सूचना दर्ता गरेका छन्।

फागुन २३ गतेको प्रतिनिधिसभा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले होहल्लाकाबीच अध्यादेश टेबुल गरेका थिए। अध्यादेशविरूद्ध एमालेबाहेकका दलहरूले मंगलबार संसद् सचिवालयमा बैठकमा विरोधको सूचना दर्ता गराएका हुन्।

कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादीका सांसदहरू सन्त थारू, दुर्गाकुमारी विक, यशोदा सुवेदी र टेकबहादुर बस्नेत तथा जसपाका तर्फबाट संसदीय सुनुवाइ समितिका सभापति लक्ष्णलाल कर्ण र मोहम्मद इस्तियाक राईले विरोधको सूचना दर्ता गराएको संसद् सचिवालयले जनाएको छ।

उनीहरुले अध्यादेशमा गरिएका प्रावधान संविधानसँग बाझिएकाले खारेज हुनुपर्ने माग गरेका छन्। यो अध्यादेश ल्याउने बेला पनि ब्यापक विरोध भएको थियो।

 

प्रकाशित मिति: १८:३८ बजे, मंगलबार, फागुन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्