भ्युटावर निर्माण गरिरहेका ठेकेदार भेटवाल पक्राउ
काठमाडौं, फागुन २५ : काठमाडौंको पुरोना बसपार्कमा भ्युटार निर्माण कम्पनीका सञ्चालक मनोज भेटवाल पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ठेकेदार भेटवाललाई मंगलबार...
काठमाडौं, फागुन २५ : काठमाडौंको पुरोना बसपार्कमा भ्युटार निर्माण गरिरहेकाे कम्पनीका सञ्चालक मनोज भेटवाल पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ठेकेदार भेटवाललाई मंगलबार पक्राउ गरेको हो। उनलाई बैंकिङ कसूरमा विशेष पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।
उनलाई मंगलबार नै विशेष अदालतमा पेश गरिएको छ। उनीसँगै अन्य व्यक्तिलाई पनि विशेष अदालतमा पेश गरिएको छ।
प्रभु बैंक, एनआईसी एसिया बैंक र तत्कालिन एपेक्स बैंकले उनलाई कालोसूचिमा राखेको थियो।
उनले गत वर्ष खुलामञ्च कम्बज गरेका थिए। उनको कम्पनी जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सले खुलामञ्चमा सटर बनाएर अरुलाई भाडामा दिएको थियो।
प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)