महाशिवरात्रिमा साधुसन्त घट्ने
काठमाडौं फागुन २५ : महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर आउने साधुसन्त यो पटक घट्ने भएका छन् । अरुवेला ६ पाँच हजार बढी साधुसन्त आउने पशुपतिमा...
काठमाडौं फागुन २५ : महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर आउने साधुसन्त यो पटक घट्ने भएका छन् । अरुवेला छ हजार बढी साधुसन्त आउने पशुपतिमा यो पटक शिवरात्रि सुरु हुनु दुई दिनअघिसम्म दुई हजारमात्र साधुसन्त आएका छन्।
पशुपतिनाथ क्षेत्र विकास कोषले पनि शिवरात्रिमा यो पटक कम साधुसन्त आउने जनाएको छ । कोषले यो पटक तीन हजारबढी साधुसन्त आउने अनुमान गरेको छ।
कोरोना भाइरसको महामारीका कारण यो वर्ष शिवरात्रिमा साधुसन्त घट्ने पशुपतिनाथ क्षेत्र विकास कोषका कार्यकारी निर्देशक धनश्याम खतिवाडा जानकारी दिए ।
‘गत वर्षमा ६ हजारभन्दाबढी साधुसन्तु शिवरात्रिमा पशुपतिनाथ आएका थिए । शिवात्रिको दुई दिनअघिसम्म दुई हजार साधुसन्त आएका छन्,’ उनले भने, ‘कोरोनाका कारण यो वर्ष ३ हजार हाराहारीमा मात्रै आउने अनुमान छ।’
कार्यकारी निर्देशक खतिवडाले यो पटक मन्दिरको कोेर क्षेत्रमा बस्ने नागा बाबाको संख्या समेत घट्न बताए । उनले भने, ‘साधुसन्तु नै महाशिवरात्रिको दिन नागा बाबा बनेर बस्ने हुन्। साधुसन्त कम आएकाले नागा बाबा घट्ने देखिएको हो ।’
हंशमण्डप, वनकाली र तीलगंगाको क्षेत्रमा साधुसन्तलाई आवासको व्यवस्था गरिएको उनले बताए ।
महाशिवरात्रिमा पशुपतिनाथमा भारत र नेपालका विभिन्न ठाउँबाट साधु सन्तु आउने गर्छन् । यो वर्षको महाशिवरात्रि फागुन २७ गते बिहीबार परेको छ।











-1790853075.png)