Kathmandu Press

सरुले १० र अनिताले ६ गोल गर्दा मासा युनाइटेडको फराकिलो जित

काठमाडौं, फागुन २५ : चार नेपाली राष्ट्रिय खेलाडीहरु आबद्ध मास युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला लिगमा सानदार सुरुवात गरेको छ। नेपाली राष्ट्रिय टिमका स्ट्राइकर...
सरुले १० र अनिताले ६ गोल गर्दा मासा युनाइटेडको फराकिलो जित

काठमाडौं, फागुन २५ : चार नेपाली राष्ट्रिय खेलाडीहरु आबद्ध मास युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला लिगमा सानदार सुरुवात गरेको छ। नेपाली राष्ट्रिय टिमका स्ट्राइकर द्वय सरु लिम्बू र अनिता केसीले उत्कृष्ट प्रदर्शन मद्दतमा मासा युनइटेडले सियालकोट सिटीलाई १९–०ले हरायो।

मासालाई सानदार जित दिलाउने क्रममा सरुले १० गोल गरिन् भने अनिताले ६ गोल गरिन् । सरु र अनितासँगै अर्की नेपाली खेलाडी गीता रानाले पनि एक गोल गरिन्। यस्तै, जारा इकबाल र सम्रोजले पनि एक–एक गोल गरे ।

मासा युनाइटेडको कप्तानी नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गरिरहेकी छिन् ।

प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्