Kathmandu Press

पुनः एकीकरण गर्न एमाले र माओवादीलाई निर्वाचन आयोगको १५ दिने म्याद

सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि अलग दल बनेका एमाले र माओवादी केन्द्रलाई पुनः एकीकरण गर्ने भए १५ दिनको म्याद दिने निर्वाचन आयोगले निर्णय गरेको छ।
पुनः एकीकरण गर्न एमाले र माओवादीलाई निर्वाचन आयोगको १५ दिने म्याद

काठमाडौं, फागुन २५ : सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि अलग दल बनेका एमाले र माओवादी केन्द्रलाई पुनः एकीकरण गर्ने भए १५ दिनको म्याद दिने निर्वाचन आयोगले निर्णय गरेको छ।

आयोगको मंगलबार सम्पन्न बैठकले विधिवत रूपमा एकीकरणमा जान दुवै दललाई समय दिने निर्णय गरेको हो।

यसअघि एकता भई बनेको नेकपाको दर्ता सर्वोच्चले खारेज गरिदिएको थियो। अदालतको आदेशअनुसार आयोगले मंगलबार केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाको दर्ता पनि खारेज गरेको छ। आयोगमा नेकपाको दर्ता नम्बर १४५ थियो।

पहिलेको दर्ता भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्ने निर्णय आयोगले गरेको छ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ विपरीत नहुने गरी दुवै दलका केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गर्नुपर्ने आयोगले उल्लेख गरेको छ।
 

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, फागुन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्