Kathmandu Press

लो स्कोरिङ म्याचमा पुलिसले आर्मीलाई हरायो

काठमाडौं, फागुन २५ : काठमाडौंमा जारी काठमाडौं मेयर्स कप क्रिकेटअन्तर्गत मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको लो स्कोरिङ म्याचमा नेपाल पुलिस क्लब विजयी भएको...
लो स्कोरिङ म्याचमा पुलिसले आर्मीलाई हरायो

काठमाडौं, फागुन २५ : काठमाडौंमा जारी काठमाडौं मेयर्स कप क्रिकेटअन्तर्गत मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको लो स्कोरिङ म्याचमा नेपाल पुलिस क्लब विजयी भएको छ। पहिलो ब्याटिङ गर्दै आर्मीले दिएको ८८ रनको झिनो लक्ष्य १८.३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाउँदै पुलिसले ३ विकेटको जित निकाल्यो।

मुलपानीमा भएको खेलमा दुवै टिमले ब्याटिङका लागि निकै संघर्ष गरेका थिए। टस जितेर पहिला ब्याटिङ गरेको आर्मी ३०.१ ओभरमा ८७ रनमै अलआउट भयो। आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाउँदा विक्रम सोबले १४ र रोहितकुमार पौडेले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

आर्मीको इनिङ धरासायी बनाउने क्रममा पुलिसका सागर ढलकारले उत्कृष्ट बलिङ गरे। सागरले १० ओभरमा २ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिए । यस्तै, पवन सर्राफले १० ओभरमा ५ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए भने ललित राजवंशीले २विकेट लिए।

८८ रनको झिनो लक्ष्य पछ्याएको पुलिसले पनि राम्रो ब्याटिङ गर्न सकेन्। दोस्रो विकेटका लागि सुनिल धमला र दिलिप नाथले ४१ रनको गरेपछि बलियो बनेको पुलिस त्यसपछि लगातार ६०–६को खराब अवस्थामा पुगेको थियो ।
त्यसपछि पनवले २६ बलमा २२ रन बनाउँदै पुलिसलाई जित दिलाए । पुलिसका सुनिल धमलाले सर्वाधिक ३६ रन बनाए भने दिलिपले १५ रन बनाए ।

पुलिसका सबै ७ विकेट साहब आलमको नाममा रह्यो । पहिलो इनिङमा स्पिनर हाबी भएपछि आर्मीले पनि दोस्रो इनिङमा स्पिनरलाई मात्र बलिङ गरायो । उसले सुशन भारी र साहब आलमलाई मात्र बलिङ गराएको थियो । उनले ९ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ७ विकेट लिए ।

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, फागुन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्