Kathmandu Press

भारी वर्षाका कारण बाँध भरिँदा हाइकु समुदाय विस्थापित

काठमाडौं, फागुन २५ :अमेरिकाको हवाईको मावी टापुमा सोमबार भएको भारी वर्षाका कारण हाइकु समुदाय विस्थापित भएका छन् । भारी वर्षाका कारण नजिकै रहेको...
भारी वर्षाका कारण बाँध भरिँदा हाइकु समुदाय विस्थापित

काठमाडौं, फागुन २५ :अमेरिकाको हवाईको मावी टापुमा सोमबार भएको भारी वर्षाका कारण हाइकु समुदाय विस्थापित भएका छन् । भारी वर्षाका कारण नजिकै रहेको बाँध भरिएर पानी बस्तीमा पस्दा हाइकु समुदाय विस्थापित भएको हो।

बाँधको पानी बस्तीमा पसेपछि त्यहाँका बासिन्दालाई तत्काल सकुसल उद्दार गरिएको अधिकारीहरुले बताएका छन्। राष्ट्रिय मौसम सेवाका अनुसार सोमबार बिहान सात बजेदेखि तीन बजेसम्म मावीको उत्तरी किनाराको हाइकु क्षेत्रमा १३.२ इन्च वर्षा भएको थियो।

Hardik ivf

सो बाँध सन् १८८५मा माटोले बनाइएको थियो । पूर्वी सिचाँई कम्पनीको स्वामित्वमा रहेको यो बाँधको उचाई ५७ फिट र लम्बाई चार सय फिट छ । उखु खेतीमा सिचाईंका लागि यो बाँध बनाइएको हो।

 

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, फागुन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्