सरकारलाई दिएकाे समर्थनका विषयमा माओवादी केन्द्रको बैठक बस्दै
मंगलबार दिउँसो १ बजे माओवादी केन्द्रको बैठक बस्दै छ । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।
काठमाडौं, फागुन २५ : मंगलबार दिउँसो १ बजे माओवादी केन्द्रको बैठक बस्दै छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।
बैठकमा माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने बताइएको छ ।
आजको बैठक ओलीलाई नै समर्थन गर्ने कि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने भन्ने विषयमा केन्द्रित हुने बताइएको छ ।
प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)