विप्लवको सुरक्षामा प्रहरी निरीक्षकसहित १० जनाको टोली
काठमाडौं, फागुन २५ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को सुरक्षाको लागि सुरक्षा टोली खटाइएको छ । गृह मन्त्रालयले गत शुक्रबार विप्लव सार्वजनिक....jpg)
काठमाडौं, फागुन २५ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को सुरक्षाको लागि सुरक्षा टोली खटाइएको छ ।
गृह मन्त्रालयले गत शुक्रबार विप्लव सार्वजनिक भएर खुला राजनीतिमा आएसँगै उनका लागि प्रहरी निरीक्षकसहित १० जनाको टोली खटाएको हो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार विप्लवको सुरक्षाको लागि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा टोली खटिएको छ।
काठमाडौंको हकमा परिसरले दिने र बाहिरी जिल्लाको हकमा हेडक्वार्टरले व्यवस्था मिलाएको बताइएको छ ।
एसएसपी सिंहका अनुसार विप्लवको सुरक्षाको लागि एउटा अगुवाको गाडी र इन्स्पेक्टरसहित १० जनाको टोली खटिएको छ।
काठमाडौंको सामाखुसीमा बस्दै आएका विप्लव केही दिनयता लुम्बिनी पुगेका छन् ।
प्रकाशित मिति: ११:५० बजे, मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)