भक्तपुरमा नवदुर्गा नाचको रौनक (फोटो फिचर)
उपत्यकाकै सबैभन्दा लामो समय चल्ने यो नाच नवदुर्गा देवगणहरुले लगाउने देवदेवीहरुको ख्वापा (मुकुन्डो) भालभाल अष्टमीकाे मध्यरातमा ब्रम्हायणीमा लगेर जलाएपछि सकिन्छ।
काठमाडौं, फागुन २५ : उपत्यकाका काठमाडौं र भक्तपुरमा अहिले नवदुर्गा नाच चाहिलरहेको छ। माघ २ गतेबाट सुरु भएको यो नाच श्रावणको भालभाल अष्टमीसम्म चल्ने छ। परम्परागत रूपमा भक्तपुरको सूर्यमदीबाट सुरु हुने यो नाच भक्तपुर, काठमाडौं र काभ्रेका विभिन्न स्थानमा प्रदर्शन गरिन्छ।
दसैंको महानवमीमा ब्रम्हायणीमा खम्ये ९राँगो० को बध गरेपछि सुरु हुने तान्त्रिक नवदुर्गा नाच उपत्यकाकै सबैभन्दा लामो समय चल्ने नाच हो। नवदुर्गा नाचमा महादेव, गणेश, त्रिपुरासुन्दरी, सिम्बः, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्बः र श्वेत भैरब गरी १३ देवगणको नृत्य प्रस्तुत गर्ने गरिन्छ।
नवदुर्गा नाचका लागि प्रत्येक वर्ष ख्वाःपा बनाउने गरिन्छ। ब्रम्हायणीबाट सुरु भइ ब्रम्हायणीमा पुगेर समाप्त हुने भएकाले देवगणहरुको मूल देवता ब्रम्हायणीलाई मान्ने गरिन्छ।
नवदुर्गा देवगणहरुले लगाउने देवदेवीहरुको ख्वापा (मुकुन्डो) भालभाल अष्टमीकाे मध्यरातमा ब्रम्हायणीमा लगेर जलाएपछि यो नाच सकिन्छ।























-(86)-1764936079.jpg)