Kathmandu Press

लमजुङ र मोरङमा ब्युँतिए एमाले कार्यालय

लमजुङ र मोरङमा ब्युँतिए एमाले कार्यालय

काठमाडौं, फागुन २४ : लमजुङ र मोरङमा नेकपा (एमाले)का कार्यालय ब्युतिएका छन्। एमालेका नेता तथा कार्यकर्ताले सोमबार कार्यालयमा बोर्ड टाँगेका छन्।

सर्वोच्च अदालतले आइतबार नेकपाको एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदर गर्ने फैसला गरेको थियो। सर्वोच्चको फैसलाले उत्साहित एमाले स्थानीय नेता तथा कार्यकर्ताले कार्यालयमा बोर्ड लगाएका हुन्।

लमजुङमा एमालेका तत्कालीन जिल्ला अध्यक्ष धनन्जय दवाडीको अध्यक्षतामा पदाधिकारी बैठक बसेको छ। केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा तत्कालिन एमाले उपाध्यक्ष गुमानसिंह अर्याल, सचिव कृष्णप्रसाद अधिकारी, उपसचिव सुभाष पौडेललगायतको उपस्थिति थियो।

त्यस्तै, मोरङमा तत्कालीन नेकपा एमाले ब्युँताइएको छ। विराटनगर महानगरपालिका–११ पाञ्चालीस्थित नेकपाको पार्टी कार्यालयलाई नेकपा एमालेको पार्टी कार्यालयमा परिणत गरेको छ।

मदन भण्डारी स्मृति भवनका रुपमा २०५३ सालमा निर्माण गरिएको पार्टी कार्यालयबाट नेकपाको बोर्ड हटाएर एमालेको राखिएको छ। यसअघि यो कार्यालय तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर बनेको नेकपाको बोर्ड रहेको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको अगुवाईमा एमालेको बोर्ड राख्दै जिल्ला पार्टी कार्यालय सञ्चालनमा आएको घोषणा गरिएको हो।

प्रकाशित मिति: १८:३० बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्