Kathmandu Press

सोमपालको ब्याट चल्दा आर्मी विजयी

सोमपालको ब्याट चल्दा आर्मी विजयी

काठमाडौं, फागुन २४ :  सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा ओपनिङमा आउँदै सोमपालले ८० रनको उत्कृष्ट इनिङ खेलेपछि आर्मीले काठमाडौं मेयर्स–११लाई ५ विकेटले हरायो।

पहिला ब्याटिङ गर्दै मेयर्स ११ले दिएको १५६ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । उसका लागि प्रतियोगितामा ओपनिङ गरिरहेका सोमपाल कामीले सर्वाधिक ८० रन बनाए । उलने ५१ बलमा ९ चौका र ६ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले २३, कप्तान विनोद भण्डारीले २० र भीम शार्कीले १६ रनकोे योगदान गरे । मेयर्स ११का कप्तान सन्दिप लामिछने र विपिन खत्रीले समान २ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको मेयर–११ ले ४२.१ ओभरमा अलआउट हुँदै एक सय ५५ रन बनाएको थियो । मेयर–११ का लागि शौरभ खनालले सर्वाधिक ४२ रन बनाए भने सन्दिप रजलीले ३७ रन जोडे ।

मेयर्स ११लाई सस्तैमा समेट्ने क्रममा आर्मीका शाहब आलमले चार विकेट लिए भने जितेन्द्र मुखियाले तीन विकेट लिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुने छ । टियू मैदानमा बागमती प्रदेशले एपिएफको सामाना गर्ने छ भने मुलपानी मैदानमा नेपाल पुलिस क्लब र आर्मी भिड्ने छन्।

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्