Kathmandu Press

सेनाको ‘कू’ विरोधमा म्यानमारमा श्रम हडताल

काठमाडाै‌ं, फागुन २४ : १ फेब्रअरीमा सेनाले ‘कू’ गर्दै सत्ता हत्याएपछि त्यसको विरधेमा म्यानमारमा एक महिना यता निरन्तार विरोध प्रदर्शन भइरहेका छन्। विरोधस्वरुप...
सेनाको ‘कू’ विरोधमा म्यानमारमा श्रम हडताल

काठमाडाै‌ं, फागुन २४ : १ फेब्रअरीमा सेनाले ‘कू’ गर्दै सत्ता हत्याएपछि त्यसको विरधेमा म्यानमारमा एक महिना यता निरन्तर विरोध प्रदर्शन भइरहेका छन्। विरोधस्वरुप म्यानमारमा श्रमिक संगठनहरुले श्रम हड्ताल सुरु गरेका छन् ।

‘कू’ गर्दै सेनाले सत्ता कब्जा गरेपछि सेनापतिलाई राजिनामा गर्न दबाब दिनका लागि  ट्रेड युनियनहरूले म्यानमारमा व्यापक हड्ताल सुरू गरेका छन्।

सोमबार निर्माण, कृषि र उत्पादनसहितका १८ श्रम युनियनहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले सौनिक ‘कू’लाई उल्टाउन र आङ सान सुकीको निर्वाचित सरकारलाई सत्तामा फर्काउन आफ्नो काम रोक्न मजदुरहरुलाई आग्रह गेरका छन्।

‘अहिलेको हाम्रो मुख्य काम प्रजातन्त्रको बचाउ गर्ने हो,’ श्रम युनियनले एक विज्ञप्तिमा भनेका छन्, ‘कसैले पनि म्यानमारका नागरिकलाई काम गर्न बाध्य गर्न सक्दैनन् । हामी सैनिक सेनाका दास होइनौं र हामी कहिले पनि हुनेछैनौं ।’

 उनीहरूले प्रजातन्त्र फिर्ता नगरेसम्म देशव्यापी श्रम हड्ताल जारी रहने बताएका छन् ।

प्रकाशित मिति: १६:११ बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्