Kathmandu Press

हिजाे संसद अवराेधमा गजबको सेटिङ : प्रधानमन्त्री

काठमाडौं, फागुन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःस्थापित प्रतिनिधिसभाको आइतबार बसेको पहिलो दिनको बैठकमा नेकपा प्रचण्ड-नेपाल समूहको बहिष्कार, नेपाली कांग्रसको नाराबाजी र...
हिजाे संसद अवराेधमा गजबको सेटिङ : प्रधानमन्त्री

काठमाडौं, फागुन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःस्थापित प्रतिनिधिसभाको आइतबार बसेको पहिलो दिनको बैठकमा नेकपा प्रचण्ड-नेपाल समूहको बहिष्कार, नेपाली कांग्रेसको नाराबाजी र जनता समाजवादी पार्टी (जसपा) को रोस्ट्रम घेराउलाई गजबको सेटिङ भनी टिप्पणी गरेका छन्।

१११औं अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदको अवस्थालाई पहिलो गाँसमै झिँगा भनेजस्तो भएको बताए ।

यस्तै अवस्था आउँछ भनेर आफूले संसद विघटन गरेको तर यस्तै दुरदिन देख्न पुनर्स्थापना भएको उल्लेख गरे। उनले संसद्‍मा आफूलाई कुन पार्टीको भनी गरिएको प्रश्नको जबाफ खोज्न सर्वोच्च अदालतमै पुग्नुपर्ने बताए। 

प्रकाशित मिति: १५:१६ बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्