Kathmandu Press

महिला अधिकार सुनिश्चत गर्न आन्दोलन आवश्यक : पम्फा भुसाल

काठमाडौं, फागुन २४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेत्री पम्फा भुसालले सुनिश्चित गरेको अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी छन्।संविधानले महिलाका लागि...
महिला अधिकार सुनिश्चत गर्न आन्दोलन आवश्यक : पम्फा भुसाल
पम्फा भुसाल

काठमाडौं, फागुन २४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेत्री पम्फा भुसालले सुनिश्चित गरेको अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी छन्।

संविधानले महिलाका लागि व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू हुन नसकेको प्रति उनले चिन्ता व्यक्त गरिन्।

१११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अनेरास्ववियुद्वारा आयोजित टेम्पो चालक महिला सम्मान कार्यक्रममा बोल्दै उनले आधा आकाश ओगट्ने महिलाले हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार प्राप्त हुनुपर्ने, त्यसका लागि आन्दोलन गर्न तयार हुनुपर्ने बताइन्।

महिलाका लागि राजनीतिक अधिकार मात्र पर्याप्त नभएको उल्लेख गर्दै सामाजिक अधिकारसमेत दिलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने विषयमा पनि ध्यान दिनुपर्ने सुझाव दिइन्।

पैतृक सम्पत्तिमाथि महिलाको अधिकार सुनिश्चित गर्नुपर्ने, बेरोजगार महिलालाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन्।
 

प्रकाशित मिति: १५:०८ बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्