Kathmandu Press

नेपाल समूहकाे छुट्टै छलफल

काठमाडौं, फागुन २४ : सर्वोच्चको फैसलाले राजनीतिमा एक किसिमको अन्योल पैदा भएको छ। यतिबेला सबै दल र समूह आआफ्नै रणनीति तय गर्न तल्लीन...
नेपाल समूहकाे छुट्टै छलफल

काठमाडौं, फागुन २४ : सर्वोच्चको फैसलाले राजनीतिमा एक किसिमको अन्योल पैदा भएको छ। यतिबेला सबै दल र समूह आआफ्नै रणनीति तय गर्न तल्लीन छन्।

यसैबीच माधवकुमार नेपाल समूहले आफू पक्षीय नेताहरूसँग छलफल थालेको छ। सर्वोच्च अदालतले शनिबार नेकपा नाम विवादबारे गरेको फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेपाल समूह सबैभन्दा बढी अन्योलमा परेको छ।

छलफलमा पछिल्लो अन्योलपूर्ण राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। 
 

प्रकाशित मिति: १४:४७ बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्