रोजगार सम्मेलन असार ११ र १२ गते
काठमाडौं, फागुन २४ : युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन आयोजना गरिने भएको छ। सम्मेलन आगामी असार ११ र...
काठमाडौं, फागुन २४ : युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन आयोजना गरिने भएको छ। सम्मेलन आगामी असार ११ र १२ गते आयोजना हुँदै छ।
युवालाई सीप र रोजगारसँग जोड्नका लागि राष्ट्रिय युवा परिषद् समन्वयमा राष्ट्रिय रोजगार सम्मेलन आयोजना हुन लागेको हो।
सम्मेलनमा नै युवाको क्षमता, सीपका आधारमा रोजगारी उपलब्ध गराइने परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले जानकारी दिए । कोभिड–१९ का कारणले वैदेशिक रोजगारबाट फर्किएका र नेपालमा नै रोजगारी नपाएका व्यक्तिलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको उनले बताए ।
सम्मेलनमा रोजगारदाता संस्था र युवाबीच दक्षता, क्षमता र सीपका आधारमा रोजगारीको सहमति गरिनेछ । बेरोजगार युवालाई रोजगारी दिनु सम्मेलनको मुख्य उद्देश्य रहेको उपाध्यक्ष ढुंगेलले बताए ।
सम्मेलनमा परिषद्सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, गैरआवासीय नेपाली संघको समेत सहकार्य हुनेछ ।
सम्मेलनको तयारीका लागि एनआरएनएका वरिष्ठ उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा कार्यकारी समितिसमेत गठन गरिएको छ ।











-1790853075.png)