मोरङमा नेकपा एमालेको कार्यालय स्थापना
विराटनगर, फागुन २४ : सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताएपछि नेकपा ओली समूहका कार्यकर्ता असाध्यै उत्साहित भएका छन्। त्यही उत्साहकै बीच उनीहरूले मोरङको विराटनगरमा नेकपा एमालेको...
विराटनगर, फागुन २४ : सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताएपछि नेकपा ओली समूहका कार्यकर्ता असाध्यै उत्साहित भएका छन्। त्यही उत्साहकै बीच उनीहरूले मोरङको विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन्।
त्यसक्रममा उनीहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड विस्थापन गरेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कार्यालय मोरङ लेखिएको बोर्ड झुन्ड्याएका छन्।
सर्वोच्चको फैसला आएकै भोलिपल्ट संस्कृति, पर्यटनमन्त्री भानुभक्त ढकालको उपस्थितिमा सोमबार ओली समूहका कार्यकर्ताले नेकपा एमालेको कार्यालय स्थापना गरेका हुन्।
पुस ५ पछि नेकपा विभाजन भई दुई समूहमा बाँडिएपछि ओली समूहले सो कार्यालयमा गतिविधि गर्दै आएको थियो। पार्टी एकीकरण हुनुअघि पनि त्यहाँ नेकपा एमालेकै कार्यालय थियो।
प्रकाशित मिति: १४:३६ बजे, सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)