जसपा संसदीय दल बैठक मंगलबार बस्ने
काठमाडौं, फागुन २४ : मुलुकको राजनीतिअब कुन तरिकाले अघि बढ्छ भन्ने चौतर्फी चासोको विषय बनेको छ। यस्तै बेला एउटा महत्वपूर्ण संसदीय दल जनता समाजवादी पार्टी...
काठमाडौं, फागुन २४ : मुलुकको राजनीतिअब कुन तरिकाले अघि बढ्छ भन्ने चौतर्फी चासोको विषय बनेको छ। यस्तै बेला एउटा महत्वपूर्ण संसदीय दल जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक डाकेको छ ।
भोलि (मंगलबार) का लागि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसद् बैठकमा आफूहरूले निर्वाह गर्ने भूमिकाबारे छलफल गरिने बताइएको छ।
जसपा बनिसकेपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको सोही पार्टी एक नेताले जानकारी दिए। जसपा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको हो।
जसपा संसदीय दलको बैठक बस्नुभन्दा अघिल्लो दिन आज (सोमबार) तत्कालीन समाजवादी पार्टीको संसदीय दलको बैठक बस्ने बताइएको छ।
जसपामा अझै दुईवटा संसदीय दल छन्। तत्कालीन राजपाले भने आफ्नो संसदीय दल बैठकबारे केही बताएको छैन।
प्रकाशित मिति: १४:१५ बजे, सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)