Kathmandu Press

भारतमा कोरोना संक्रमण : २४ घण्टामा १८ हजार संक्रमित, ९७ जनाको मृत्यु

नयाँदिल्ली, फागुन २४ : भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार भारतमा १८ हजार पाँच...
भारतमा कोरोना संक्रमण : २४ घण्टामा १८ हजार संक्रमित, ९७ जनाको मृत्यु

नयाँदिल्ली, फागुन २४ : भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार भारतमा १८ हजार पाँच सय ९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै आइतबार नै ९७ जना कोरोना संक्रमितको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालय जनाएको छ। त्यस्तै, १४ हजार दुई सय ७८ संक्रमित निको भई घर फर्केका छन् ।

भारतमा एक लाख ८८ हजार सात सय ४७ सक्रिय संक्रमित छन् भने एक लाख ५७ हजार आठ सय ५३ संक्रिमितको मृत्यु भएको छ ।

भारतमा हालसम्म एक करोड १२ लाख २९ हजार तीन सय ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ, त्यसमध्ये एक करोड आठ लाख ८२ हजार सात सय ९८ जना निको भइसकेको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

प्रकाशित मिति: १३:१० बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्