Kathmandu Press

दुई साता बित्दा पनि भेटिएनन् दम्पती 

काठमाडौं, फागुन २४ : अज्ञात समूहद्वारा दुई साताअघि ओछ्यानबाटै बेपत्ता पारिएका पिपरा गाउँपालिका-५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्।जिल्ला प्रहरी कार्यालय महोत्तरीका...
दुई साता बित्दा पनि भेटिएनन् दम्पती 
बेपत्ता पारिएका वृद्ध दम्पती मोसाफिर झा र गीतादेवी झा ।

जलेश्वर, फागुन २४ : अज्ञात समूहद्वारा दुई साताअघि ओछ्यानबाटै बेपत्ता पारिएका पिपरा गाउँपालिका-५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई फागुन १० गते राति घरैबाट बेपत्ता पारिएको थियाे।

उनीहरूको ओछ्यान र चौकसमा रगतका छिटा देखिएकाले घटना रहस्मय भएको भन्दै प्रहरीले  भोलिपल्टदेखि नै ती दम्पतीको व्यापक खोजतलास गरिरहेको छ। अहिलेसम्म दम्पती नभेटेपछि घटना झन्झन् जटिल बन्दै गइरहेको बताइएको छ।

प्रहरीले उहाँको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाका विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषाका समेत विभिन्न स्थानमा व्यापक रूपमा खोजतलास गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाएको छ ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी रहेकाले हत्या गरी शव बेपत्ता पारिएको आशंका स्थानीयले गरिरहेका छन् ।

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्