Kathmandu Press

जनमोर्चाको ठहर : अहिलेको परिस्थिति निम्तिनुमा प्रधानमन्त्री ओली जिम्मेवार

‘यसप्रकारको जटिल समस्या र अन्योलपूर्ण स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएर यो समस्यालाई निकास दिनुपर्छ,’ जनमोर्चाले भनेको छ।
जनमोर्चाको ठहर : अहिलेको परिस्थिति निम्तिनुमा प्रधानमन्त्री ओली जिम्मेवार

काठमाडौं, फागुन २४ : राष्‍ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी ओलीलाई राजिनामा दिन सल्लाह दिएको छ।

जनमोर्चाले अहिलेको परिस्थिति उत्पन्‍न हुनुमा प्रधानमन्त्री ओलीको व्यक्तिवादी र अराजक कार्यशैली नै जिम्मेवार रहेको ठहर पनि गरेको छ।

‘यसप्रकारको जटिल समस्या र अन्योलपूर्ण स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएर यो समस्यालाई निकास दिनुपर्छ,’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमा भनेका छन्, ‘नेकपाको एकीकरण भएर वा त्यसका दुई घटकबीच कार्यगत एकता गरेर सरकार गठन गर्नु नै उपयुक्त विकल्प हो। त्यसका लागि पार्टीका नेता-कार्यकर्ता बढी जिम्मेवार बन्‍नुपर्छ।’

ऋषिराम कट्टेल नेतृत्वको नेकपाले आधिकारिता पाउने सर्वोच्च अदालतको फैसलापछि उत्पन्‍न जटिलताप्रति आफ्नो धारणा सार्वजनिक गर्दै एमाले र माओवादी केन्द्र मिलेर नयाँ सरकार गठन गर्न सुझाएको हो।

नेकपा विभाजनबाट गणतन्त्र, राष्‍ट्रियता र धर्मनिरपेक्षतामाथि खतरा पैदा हुने केसीले औँल्याएका छन्।
 

प्रकाशित मिति: ११:२८ बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्