Kathmandu Press

महिलाविरुद्धको हिंसाका मुद्दालाई सम्बोधन गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं, फागुन २४ :  प्रधानमन्त्री केपी ओलीले महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।१११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना...
महिलाविरुद्धको हिंसाका मुद्दालाई सम्बोधन गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं, फागुन २४ :  प्रधानमन्त्री केपी ओलीले महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

१११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले महिलाविरुद्धको हिंसाका मुद्दा सम्बोधन गनै सरकारले लैंगिक हिंसा अन्त्य तथा लैंगिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको बताए।

केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय भएको बताए ।

शुभकामना सन्देशमा भनिएको छ, ‘लैंगिकक समानता र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानूनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरुप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व उल्लेखनीयरुपमा वृद्धि भएको छ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका सूचकमा पनि सकारात्मक सुधार भएका छन् । नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट पनि यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी र थालेको प्रयासले राम्रो प्रतिफल दिएको मान्न सकिन्छ ।’

प्रधनमन्त्रीले अज्ञानता र कुरीतिको आड लिएर भएका खराब अभ्यासका कारण बोक्सी, छाउपडी,  दाइजो, बालविवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै रहेकाले अपराधलाई निरुत्साह गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मकरुपमा जनचेतना जगाउनु आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति: १०:५७ बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्