काठमाडौं उपत्यकामा दिउँसो वर्ष हुने
काठमाडौं, फागुन २४ : काठमाडौं उपत्यका दिउँसो हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार काठमाडौं उपत्यका लगायत केही पहाडी जिल्लामा दिउँसो...
काठमाडौं, फागुन २४ : काठमाडौं उपत्यका दिउँसो हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार काठमाडौं उपत्यका लगायत केही पहाडी जिल्लामा दिउँसो हल्का वर्षा हुन सक्ने छ।
महाशाखाले मध्यान्हपछि काठमाडौंलगायतका केही पहाडी जिल्लामा बादल लाग्ने र हल्का वर्षा हुने रहेको बताएको छ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन्
यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली, प्रदेश १ र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू–भागहहरू पनि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । प्रिमनसुन अवधिमा रहेकाले चट्याङ्सहित पानी पर्ने बताइएको छ।
प्रकाशित मिति: १०:३१ बजे, सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)