साविक विजेता लिभरपुल घरेलु मैदानमा स्तब्ध

काठमाडौं, फागुन २४ : इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता लिभरपुल घरेलु मैदानमा स्तब्ध भएको छ ।
आइतबार भएको खेलमा लिभरपुल फुलहमसँग १-० गोलले पराजित भएको हो । लिभरपुल घरेलु मैदानमै फुलहमसँग पराजित भएको हो । फुलहमलाई जित दिलाउन मारियो लेमिनाले ४५औँ मिनेटमा निर्णायक गोल गरे ।
लिभरपुलले घरेलु मैदानमा लगातार छैटौँ हार व्यहोरेको छ । यस्तै फुलहमले सन् २०१२ पछि पहिलो पटक लिभरपुललाई उसैको मैदानमा हराएको हो ।
जितपछि फुलहमले २६ अंकसहित १८औँ स्थानमा रहेको छ । लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा छ ।
प्रकाशित मिति: ०८:५८ बजे, सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











