Kathmandu Press

स्वीट्जरल्यान्डमा मुहार ढाक्ने पोशाकमा प्रतिबन्ध

काठमाडौं, फागुन २४ : स्वीट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका...
स्वीट्जरल्यान्डमा मुहार ढाक्ने पोशाकमा प्रतिबन्ध

काठमाडौं, फागुन २४ : स्वीट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन्।

दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो। सो दलले अतिवाद रोकौँ नारा पनि अघि सारेको थियो। आधिकारिक परिणाममा उक्त प्रस्तावको समर्थनमा ५१.२ प्रतिशत मानिसले भोट हालेका थिए भने विपक्षमा ४८.८ प्रतिशत मानिसले भोट हालेका थिए।

एक अग्रणी स्वीस इस्लामिक समूहले यसलाई मुस्लिमहरूका निम्ति एक अँध्यारो दिन भनेको छ। उसले परिणाम विरुद्ध अदालतमा चुनौती दिने बताएको छ। स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो। कतिपय आलोचकहरूले उक्त प्रस्तावलाई बहुलठ्ठीपूर्ण, बेकामे अनि इस्लामप्रति त्रास फैलाउने खालको भनेका छन्।

स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केही दर्जनले मात्र त्यस्तो पोशाक लगाउने गरेको उनीहरूले औँल्याएका छन्।  अब उक्त प्रतिबन्ध स्वीस संविधानमा उल्लेखित हुनेछ। स्वीट्जरल्यान्डमा मानिसहरूलाई उनीहरूको मामिलाबारे निर्णयको प्रत्यक्ष अधिकार प्राप्त छ।

सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवादित छ। फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो भने द नेदर्ल्यान्ड्स, डेनमार्क, अस्ट्रिया र बल्गेरियाले पनि त्यस्ता पहिरनमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका छन्। (बीबीसी) 

प्रकाशित मिति: ०७:४५ बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्