Kathmandu Press

टुंगियो म्यानचेस्टर सिटीको अपराजित यात्रा 

काठमाडौं, फागुन २४ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको अपराजित यात्रामा टुंगिएको छ ।म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २–० गोल अन्तरले हराएसँगै सिटीको...
टुंगियो म्यानचेस्टर सिटीको अपराजित यात्रा 

काठमाडौं, फागुन २४ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको अपराजित यात्रामा टुंगिएको छ ।

म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २–० गोल अन्तरले हराएसँगै सिटीको अपराजित यात्रामा पुर्णबिराम लागेको हो । युनाइटेडका ब्रुनो फर्नान्डेज र लुकीसोले एकएक गोल गरे।

जीतपछि  युनाइटेड महत्त्वपूर्ण तीन अङ्क जोड्न सफल भयो। जितपछि युनाइटेड ५४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको सिटीको ६५ अङ्क छ।

दुवै टोलीले समान २८–२८ खेल खेलेका छन्। तेस्रो स्थानमा रहेको लेस्टर सिटीको भने ५३ अङ्क छ। 

प्रकाशित मिति: ०७:१४ बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्