भारतमा थप १८ हजार ६९१ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन २४ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड १२ लाख २९ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ६९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १२ लाख २९ हजार २७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ८९० पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८ लाख ८० हजार ८८० जना संक्रमणमुक्त भएका छन् ।
अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ९० हजार ५०१ रहेको छ ।
प्रकाशित मिति: ०६:२४ बजे, सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)