Kathmandu Press

एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरको उपाध्यक्षमा बजगाईंको उम्मेदवारी

काठमाडाैं, फागुन २३ : गैरआवासीय नेपाली संघ अमेरिकाको क्यालिफोर्निया च्याप्टरको उपाध्यक्ष पदमा इटहरीका शेखर बजगाईले उम्मेदवारी घोषणा गरेका छन् । अमेरिका क्यालिफोर्निया बस्दै...
एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरको उपाध्यक्षमा बजगाईंको उम्मेदवारी

काठमाडाैं, फागुन २३ : गैरआवासीय नेपाली संघ अमेरिकाको क्यालिफोर्निया च्याप्टरको उपाध्यक्ष पदमा इटहरीका शेखर बजगाईले उम्मेदवारी घोषणा गरेका छन् । अमेरिका क्यालिफोर्निया बस्दै आएका ९ बुँदे घोषणापत्र जारी गर्दै बजगाईंले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै बजगाईंले क्यालिफोर्निया च्याप्टरको छुट्टै वेभसाईट निर्माण गर्ने, क्यालिफोर्नियाका हरेक सहरमा एक सम्पर्क अधिकारी चयन गर्ने क्यालिफोर्नियाबासी नेपाली व्यापार व्यवसाय, पेशाकर्मीहरुलाई सेवा सहुलियत दरमा उपलब्ध गराउने, आर्थिक पारदर्शिताका निमित्त हरेक महिनाको बैंकको स्टेटमेन्ट र आम्दानी खर्च विवरण सार्वजनिक गर्नेलगायतका प्रतिबद्धता व्यक्त गरेका छन्।

Hardik ivf

यस्तै, उनले आकष्मिक कोषको निर्माण गरी भविष्यमा आउने आपतविपतमा सहयोग गर्ने प्रतिबद्धता पनि गरेका छन्। बजगाईंले महिलालाई संघ संस्था र समाजमा निर्णायक भूमिकामा स्थापित गराउन महिला सशक्तिकरण तथा लैंगिक अभियान चलाउने तथा महिलाविरुद्धका हिंसामा सशक्त रुपमा आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

 

 

प्रकाशित मिति: २१:२३ बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्