Kathmandu Press

प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्म स्थगित

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ।
प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्म स्थगित

काठमाडौं, फागुन २३ : प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेपछि बैठक स्थगित गरिएको हो। प्रतिनिधिसभाको अर्को बैठक फागुन २६ गते दिउँसो १ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ।

अध्यादेशको विरोधमा कांग्रेस र जसपाका सांसदले नाराबाजी गरेका थिए। कांग्रेसको विरोधबीच अध्यादेश पेश गरिएको थियो।

प्रचण्ड-नेपाल समूहले भने यसअघि नै बैठक बहिष्कार गरेको थियो। उनीहरु बैठक छोडेर बाहिरिएका थिए।

सरकारका तर्फबाट जबर्जस्ती अध्यादेश पेस गरिएपछि कांग्रेस र जसपा सांसदहरुले रोस्टम अगाडि उभिएर नाराबाजी गरेका थिए। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले  १० मिनेटका लागि बैठक स्थगित गरेका थिए।

त्यसपछि पनि दलहरुबीच सहमति जुट्न नसकेपछि फागुन २६ गतेसम्मका लागि स्थगित गरिएको हो।

 

प्रकाशित मिति: १८:५५ बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्