Kathmandu Press

कांग्रेसद्वारा बैठक अवरुद्ध, प्रचण्ड–नेपाल समूहद्वारा बहिष्कार

काठमाडौं, फागुन २३ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
कांग्रेसद्वारा बैठक अवरुद्ध, प्रचण्ड–नेपाल समूहद्वारा बहिष्कार

काठमाडौं, फागुन २३ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

अहिले कांग्रेस सचेतक पुष्पा भुसाले सभामुखबाट बोल्ने समय पाएकी छन् । प्रचण्ड–नेपाल समूहले बैठक बहिष्कार गरेको सन्दर्भमा कसरी बैठक अगाडि बढ्छ भनेर प्रश्न गरिन्, भुसालले ।

सरकारले संविधानविपरीत अध्यादेश ल्याएर संवैधानिक भावना विपरीत काम गरेको उनले बताइन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश कांग्रेसले नस्वीकार्ने उनले बताइन् ।

अहिले कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका छन्।
 
प्रकाशित मिति: १७:४४ बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्