Kathmandu Press

प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

आइतबार सवा ५ बजे सुरु भएको संसद् बैठक नेकपा प्रचण्ड–नेपाल समूहले बहिष्कार गरेकाे छ।
प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

काठमाडौं, फागुन २३ : आइतबार सवा ५ बजे सुरु भएको संसद् बैठक नेकपा प्रचण्ड–नेपाल समूहले बहिष्कार गरेकाे छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची प्रस्तुत गर्ने क्रममा मन्त्रिपरिषद् गठनका लागि राष्ट्रपति कर्यालयले पठाएको पत्र पढ्न लाग्दा प्रधानमन्त्रीको स्थितिबारे स्पष्ट पार्न माग गर्दै  सांसद भीम रावलले नियमापत्ति जनाएका थिए । 

उनले भने, ‘प्रधानमन्त्रीको पार्टी कुन हो ?’ सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्रीकाे पार्टी स्पष्ट नभएको रावलको भनाइ थियो ।

उनले शोकप्रस्ताव राखिएको दिन कार्यसूची नराखिने भन्दै अध्यादेश ल्याउने कार्यसूची नराख्न पनि माग गरेका थिए ।

उनको माग सुनुवाइ नहुने भएपछि प्रचण्ड-नेपाल समूहका सांसदहरु उठेर हिँडेका थिए । 

प्रकाशित मिति: १७:३४ बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्