Kathmandu Press

संसद् बैठक अवरुद्ध, भीम रावलको नियमापत्ती

काठमाडौं, फागुन २३ : भरखरै सुरु भएको संसद् बैठक अवरुद्ध भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले जारी गरेका अध्यादेशतर्फ बैठकलाई मोड्न खोजेपछि नेकपा सांसद भीम रावलले नियमापत्ति गरेका छन् ।

आइतबारको सर्वोच्च अदालतको फैसलाले वर्तमान सरकारलाई अध्यादेश ल्याउने नैतिक आधार नरहेको रावलले बताए ।

वर्तमान प्रधानमन्त्रीको हैसियतमाथि उनले प्रश्न उठाए । अहिलेका प्रधानमन्त्री कुन पार्टीका हुन् भन्ने स्पष्ट गराउन आग्रह गरे ।

अन्य सांसदहरूले पनि नियमापत्ति गरेका थिए । 

नेकपा प्रचण्ड-नेपाल समूहका सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका छन्। त्यसका बावजुद सभामुखले राष्ट्रपति कार्यालयको पत्र पढ्न थालेका छन्।

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्