Kathmandu Press

सन्दीपको अलराउन्ड प्रदर्शनमा मेयर्स–११ले वागमतिलाई हरायो

काठमाडौं, फागुन २३ : डेढ वर्षपछि घरलु प्रतियोगिता खेलिरहेका सन्दीप लामिछानेले अलराउन्ड प्रदर्शन गरेपछि काठमाडौं मेयर्स कप क्रिकेटमा मेयर्स ११ विजयी भएको छ। आइतबार...
सन्दीपको अलराउन्ड प्रदर्शनमा मेयर्स–११ले वागमतिलाई हरायो

काठमाडौं, फागुन २३ : डेढ वर्षपछि घरलु प्रतियोगिता खेलिरहेका सन्दीप लामिछानेले अलराउन्ड प्रदर्शन गरेपछि काठमाडौं मेयर्स कप क्रिकेटमा मेयर्स ११ विजयी भएको छ। आइतबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि मेयर्स–११ले वागमति प्रदेशलाई ९४ रनले हरायो।

पहिला ब्याटिङ गर्दै मेयर्स ११ले दिएको २२५ रनको लक्ष्य पछ्याएको वागमतिले ३४.३ ओभरमा अलआउट हुँदै १५० रन मात्र बनाउन सक्यो । उसका लागि पृथु बास्कोटाल सर्वाधिक ५० रन बनाए । उनले ७९ बलमा ८ चौका प्रहार गरे । 

यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल र इशान पाण्डेले समान १७ रन बनाउँदा अदिल खान १५ र पारस खड्काले १० रन मात्र बनाउन सके । वागमतिलाई सस्तैमा समेट्ने क्रममा मेयर्स ११का कप्तान सन्दीप लामिछानेले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए भने विपिन खत्री र अनिल खरेलले समान २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको मेयर्स ११ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २४४ रन बनायो। खराब सुरुवात गरेर पनि पुछारका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरेपछि मेयर्स–११ले ठूलो योगफल बनायो। उसका लागि सौरभ खनालले ५८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सार्वधिक ४९ रन बनाए ।

आक्रामक ब्याटिङक गरेका सन्दीपले ४२ रन  बनाए । उनले २० बल खेल्दै ६ छक्का प्रहार गरे । यस्तै, सिद्धान्त लोहनीले ३४, सन्दीप रजालीले ३३ र विपिन खत्रीले ३२ रनको योगदान दिए । बागमतिका नन्दन यादवले ४ विकेट लिए भने अरियो पौडेल र रामनरेश गिरीले २ विकेट लिए ।

प्रकाशित मिति: १७:१३ बजे, आइतबार, फागुन २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्